मुख्यमन्त्रीको कार्यालय अगाडि विद्यार्थीहरुको विरोध प्रदर्शन
बुटवल । प्रतिनिधिसभा विघटन गरिएको विरोधमा बुटवलमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु रुपन्देहीको आयोजनामा बुधबार लुम्बिनी प्रदेशको कार्यालय अगाडी विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले असंवैधानिक कदम राखेज गनुपर्ने, सगरमाथाको बिषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मडिया जि न्युज नेपालमा बन्द गर्नुपर्ने, सरकारले महङ्गी नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।
अनेरास्ववियुका केन्द्रीय सदस्य अनुप पोखरेलले प्रदर्शनपश्चात् आयोजित कोणसभामा बोल्दै प्रधानमन्त्रीले जनमतको अपमान गरी संविधान विघटन गरेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओली भारतीय ईशारामा चलेको विभिन्न घटनाक्रमहरुले पुष्टी गरेको दाबी गरे ।
नेपाली जनताले तिरेको करवाट बालुवाटारमा भोज खाएका भारतीय जि न्युजका पत्रकार सुधीर चौधरीले सगरमाथा बेस क्याम्पमा पुगेर फेरि एकपट नेपाल र नेपालीको स्वाधिनतामाथि आक्रमण गरेको आरोप प्रदर्शनकारीले लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण