धामीझाँक्रीका नाममा तातो पन्युले डामेर एक जनाको हत्या
बुधबार, २९ पुस २०७७, १६ : ४२
गुल्मी । गुल्मीमा झारफुकका नाममा एक जनाको हत्या भएको छ । कथित धामीझाँक्रीले तातो पन्युले डामेर इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सदरमुकाम तम्घासको उदिनढुंगा तीनधाराको एकान्त स्थानमा धामी काम गर्दै आएका ३८ वर्षीय रामबहादुर श्रेष्ठ र उनकी श्रीमती ३६ वर्षीय शान्ति श्रेष्ठले तातो पन्युले डामेर रामबहादुरको हत्या गरेका हुन् । श्रेष्ठ दम्पती तम्घास ओख्रेनी निवासी हुन् ।
ढाड दुख्ने समस्याका कारण धामीलाई हेराउन आएका रामबहादुरको आज बिहान ८ बजे ज्यान लिएको भन्दै जाहेरी परेपछि कथित झारफुक गर्दै आएका श्रेष्ठ दम्पतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रविण श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण