लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा माघीको रौनक (फोटोफिचर)
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलको निवासमा आज भव्य रुपमा माघी मिलन कार्यक्रमको आयोजना गरिएको छ । गतवर्ष जस्तै बुधवार प्रदेशका जनप्रतिनिधिहरु, उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र संघ–संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा माघी मिलन कार्यक्रम मनाइएको हो । कार्यक्रममा बिभिन्न जातजातिको मौलिक नाचका प्रस्तुति र थारु खानाको व्यवस्था गरिएको थियो ।

लुम्बिनी प्रदेशका तराई जिल्लाहरुमा थारु समुदायको बाक्लो बस्ती भएका कारण प्रदेश सरकारले बिहीबार र शुक्रबार सार्वजिनिक विदा दिने निर्णय गरेको छ । कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले माघ र माघी पर्व लुम्बिनी प्रदेशको साँस्कृतिक विशेषता भएको उल्लेख गरे । उनले चाडपर्व कोरोना महामारीबाट जोगिने हिसाबले मनाउन आग्रह गरे ।
लुम्बिनी प्रदेशमा साँस्कृतिक विभिदता रहेको बताउँदै यहाँ भएका साँस्कृतिक झलकहरुलाई पर्यटनको रुपमा विकास गर्न सकिने बताए । उनले गाउँमा होमस्टेको विकास गरी हिल स्टेसनका रुपमा विकास गर्ने योजना रहेको बताए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण