प्रतिगामी षड्यन्त्र सफल हुन दिँदैनौंः प्रवक्ता श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटनको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित ‘प्रतिनिधि सभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रियात्मक कार्यक्रम उनले भने, ‘केपी ओली सरकारद्वारा चालिएको असंवैधानिकमाथि सफलता मिल्ने छ। प्रतिगामी षड्यन्त्र सफल हुन दिँदैनौं ।’
केपी ओलीले एउटा प्रवृत्तबाट दुई वटा प्रहार गरेको श्रेष्ठले बताए । ‘हाम्रो संविधान लोकतन्त्र र जननिर्वाचित संस्थामाथि प्रतिगामी प्रहार भएको छ। हाम्रो प्रथम दायित्व असंवैधानिक कदमलाई परास्त पारेर जानू छ’ उनले भने । प्रवक्ता श्रेष्ठले संविधानका धारालाई हेरेर अदालतले संसद विघटन खारेज गर्नेमा विश्वास राखे ।
‘त्यो स्पष्ट छ । सामान्य अवस्थामा चुप्प लागेर बसे हुन्थ्यो । तर नेपाली राजनीतिमा यो संविधानलाई बचाउने कि मार्ने भन्ने लडाइँ छ । त्यसका लागि संघर्ष गरिरहेका छौँ’ उनले भने । सत्ताधारीले अदालत र निर्वाचन आयोगमा सेटिङ गरिएको भनेर प्रभाव पार्न खोजिएको उनको भनाइ छ । तर संविधान र विधानअनुसार कुनै निर्णय लिन अदालत र निर्वाचन आयोगलाई कुनै समस्य छैन’ प्रवक्ता श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण