१५ करोड लगानीेमा चितवनको टाँडीमा ‘मल्टिप्लेक्स सिटी सेन्टर’ निर्माण हुने
काठमाडौं । १५ करोड लगानीमा चितवको टाँडीमा मल्टिप्लेक्स सिटी सेन्टर निर्माण हुने भएको छ । सौराहाका आधा दर्जन पर्यटन व्यवसायीहरुको सक्रियतामा सौराहा भेन्चर प्रालिको नाममा सिटी सेन्टर निर्माण हुने भएको हो ।
बिहिबार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सिटी सेन्टरको शिलान्यास गरेका हुन् ।
कुल १५ करोड लगानीमा बन्ने उक्त सिटी सेन्टरमा दुईवटा थिएटर सहितको मल्टिप्लेक्स सिटी रहने सौराहा भेन्चरले जनाएको छ ।
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेको ९ कठ्ठा ७ धुर जग्गामा बन्ने सिटी सेन्टर २ वर्ष भित्र सम्पन्न हुने कम्पनीले बताएको छ । उक्त जग्गा कम्पनी २५ वर्षका लागि लिज (भाडा) मा लिएको हो ।
उक्त सिटी सेन्टरमा पर्यटन व्यवसायी तथा सौराहा भेन्चरमा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे, पूर्व अध्यक्ष नारायण भट्टराई, रेस्टुरेस्ट एन्ड वार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडा र ज्ञानेन्द्रकुमार विष्टले लगानी गरेका छन् ।
पर्यटन व्यवसायीहरुकै लगानीमा बन्ने उक्त सिटीमा पहिलो तल्लामा ग्रोसरी, दोस्रो तल्लामा किचेन वेयर तथा इलेक्ट्रिकल सामानहरु र तेस्रो तल्लामा क्लोथिङ रहने जनाइएको छ । मनोरञ्जनको प्याकेज समेत सिटीमा दिने योजना बनाएको कम्पनीले तेस्रो तल्लामै रेस्टुरेन्ट र सिनेमा हल समेत उपलब्ध गराउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण