मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित
एजेन्सी । मलेसियामा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार एकैदिनमा तीन हजार ३३७ जना सङ्क्रमित भएका हुन् । यो सङ्ख्या महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको उनीहरुले जनाएका छन् ।
मलेसियामा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार ८५५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहद्वारा जारी प्रेस वक्तव्यमा एकैदिनमा सङ्क्रमितमध्ये तीन हजार ३३० जना स्वदेश भित्रै एक अर्कामा सरेर सङ्क्रमित भएको उल्लेख गरिएको छ ।
उनले कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये १५ जनाको मृत्यु भएको पनि जानकारी दिए । योसँगै मलेसियामा कोरोनाबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ । मलेसियामा अहिलेपनि ३३ हजार ९८९ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण