दाङमा ग्यास सिलिण्डर बिस्फोट हुँदा श्रीमान–श्रीमतीसहित तीन जना घाइते
दाङको तुलसीपुरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा श्रीमान–श्रीमतीसहित तीन जना घाइते भएका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ वनकट्टा निवासी ३५ वर्षीय लालबहादुर वली र उनकी ३३ वर्षीया श्रीमती गीता वली गम्भीर घाइते भएका हुन् । घटनामा परि १३ वर्षीय सिजन खड्कापनि घाइते भएका छन्।घाइते वलीका श्रीमान–श्रीमतीलाई बिहीवार दिउँसो दूई बजेतिर तुलसीपुरबाट हेलिकोप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ ।
१३ वर्षीय बालक खड्का भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक भलक शर्माका अनुसार वलीले आफूले पालेको ५ दिने ५ सय चल्लालाई न्यानो बनाउनका लागि बालेको ग्यास सिलिण्डर बिस्फोट हुँदो आगलागी भएपछि वली दम्पतिसहित तीन जना घाइते भएका हुन् ।
‘जाडोले चल्ला नमरुन भनेर कोठा न्यानो बनाउन भनेर वलीले ग्यास सिलिण्डर बाल्नु भएको रहेछ,’ शर्माले भने ‘ तर, त्यही ग्यास सिलिण्डर बिस्फोट भइ आगो लाग्दा उक्त घटना भएको रहेछ ।’ ग्यास सिलिण्डर रातभर बालेपछि धेरै तातेर बिस्फोट भएको अनुमान प्रहरीले गरेको छ ।
आगलागीबाट गोठ पुरै जलेको तथा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । गोठमा राखेको दश बोरा दाना, ५ दिनका सबै ५ सय चल्लापनि जलेर नष्ट भएको प्रहरीले बताएको छ । बिहीवार बिहान ६ बजेतिर भएको आगलागीबाट ४ लाख बढी क्षति भएको अनुमान गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण