त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ ।
त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ । यसरी हेर्दा त्रिविमा अध्यापन गर्नेहरूको मासिक तलबमा अनुमानित ३२ करोड २६ लाख ३९ हजार २ सय ३० रुपैयाँ खर्च हुने गरेको देखिएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
त्रिविको १ साउन २०७६ देखि लागु भएको तलबमानअनुसार प्राध्यापकका लागि वार्षिक ४१ करोड २१ लाख ३८ हजार ५ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । यस्तै सहप्राध्यापकका लागि वार्षिक १ अर्ब २५ करोड ४२ लाख ४३ हजार ३ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । त्रिवि आर्थिक प्रशासन महाशाखाका अनुसार उपप्राध्यापकका लागि तलबमा मात्रै वार्षिक १ अर्ब ४८ करोड २७ लाख ५३ हजार ६ सय रुपैयाँ खर्च हुने गरेको छ ।
यस्तै सहायक प्राध्यापकका लागि वार्षिक १७ लाख २७ हजार ५ सय २० रुपैयाँ तलबमा खर्च हुने गरेको देखिएको छ । त्रिविमा प्राध्यापक वा सोसरह पदमा कार्यरतको तलब स्केल मासिक ६० हजार ६ सय ८० निर्धारण गरिएको छ । त्रिविमा शिक्षण सहायकका रूपमा कार्यरतले मासिक ३५ हजार ९ सय ९० रुपैयाँ बुझ्ने गरेका छन् । शिक्षण सहायकमा कार्यरतका लागि वार्षिक ७२ करोड ८ लाख ७ हजार ७२० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह
-
इजरायल–इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल
-
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने
-
ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने