गायक रत्न बाँनियाको निधन
बुधबार, ०७ माघ २०७७, १२ : ०८
काठमाडौं । गायक तथा सर्जक रत्न बाँनियाको निधन भएको छ । उनको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको उनका भतिज राजु बाँनियाले जानकारी दिए । दुबै मिर्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उपचार थिए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवम् झरना संगीतका संचालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् ।
उनी गायकको अलवा संगीकाकार तथा गीतकार समेत रहेका थिए । उनको ‘लडाईंको लाहुरे’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी‘, ‘यति राम्रो झिल्के’, ‘स्याङ्जा दहथुम’लगायत सयौ गीतले चर्चा पाएका छन् ।
बानियाँको आजै पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरिनेछ । बाँनियका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, समेटिए असफल पुराना योजना (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण