प्रचण्ड प्रवृत्ति र माधवको कुन्ठाबाट पार्टीमा विभाजन भयोः ईश्वर पोखरेल
काठमाडौं । नेकपा केपी ओली समूहका नेता ईश्वर पोखरेलले पार्टी एकता गर्दा देखिनै देखिएको भ्रुणहरुका कारण पार्टी दुर्भाग्यपूर्ण रुपमा विभाजनमा पुगेको बताएका छन् । ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उपप्रधानमन्त्री समेत रहेका उनले भने, ‘ढाँडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड प्रवृत्ति र माधवकुमार नेपालको कुन्ठाबाट दूर्भाग्य पार्टी विभाजनमा पुग्ने अवस्था भयो ।’
हिजो देखिकै सिलसिला विकसित भएर अहिलेको अवस्था आएको उनको भनाइ छ । ‘प्रचण्डले पूर्व एमालेको गुटबन्दीमा खेलेर पूर्व माओवादीको आफ्नो पूरानै अभ्यासमा लाग्नुभयो । त्यसले दूर्भाग्य निम्त्याएको हो ।’ केपी ओलीलाई प्रधानमन्त्री तथा अध्यक्षबाट हटाउने र राष्ट्रपतिमाथि महाअभियोग लगाउने षड्यन्त्र रचिएपछि ताजा जनादेशमा जानुपर्ने अवस्था आएको पोखरेलले बताए । गत निर्वाचनपछि वाम गठबन्धन छोडेर काँग्रेस सभापति शेरबहादुर देउवासँग पाँच वर्षको सरकारको नेतृत्व गर्न कागज गरेको उनको दाबी छ । पार्टी विभाजन भ्रूण त्यही विकसित भइसकेको पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण