घुस लिएको अभियोगमा २ कर्मचारी पक्राउ
शुक्रबार, ०९ माघ २०७७, १८ : ३४
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार जिल्ला अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी निरीक्षकद्वय सुमित चौलागाइँ र मनोज थापा सेवाग्राहीसँग रु पाँच हजार घुस माग्दा माग्दै आज पक्राउ परेका थिए ।
आयोगले उनीहरुलाई जिल्लाको कोटहीमाई गाँउपालिका–१ बोगडियाबाट पक्राउ गरेको हो । आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण