‘बच्चन पाण्डे’ मा अक्षयको डरलाग्दो लुक्स
मुम्बई । बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समय फिल्म ‘बच्चन पाण्डे’ को कारणले चर्चामा छन् । अहिले फिल्मको पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरका साथ निर्माण युनिटले २६ जनवरी २०२२लाई प्रदर्शन मितिको रुपमा समेत सार्वजनिक गरेको छ ।
पोस्टरमा अक्षय डरलाग्दो लुक्समा देखिएका छन् । पोस्टरको तस्बिरमा अक्षयलाई दारी, चन्की चेन र नक्कली आँखाको साथ नयाँ क्यारेक्टरमा प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनिक गर्दै अक्षयले लेखेका छन्, ‘एक लुक्सनै काफी छ । बच्चन पाण्डे २६ जनवरी २०२२ मा रिलिज ।’
अक्षयकुमारको अलवा फिल्ममा कृति, सैनन, ज्याकलिन फर्नाडिस र अरशद वारसीको पनि मुख्य भूमिका रहेको छ । कृति सैननकासाथ अक्षयले फिल्मको सुटिङ गत बुधबार गरेका थिए । फिल्मको सुटिङ मार्चसम्म चल्नेछ । यसको अलवा अक्षयको साथ कयौ ठुला प्रोजेट पनि छन् । जसमा ‘बेल बटम’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ लगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
-
सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
-
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
-
नार्कमा ४६ प्रतिशत जनशक्ति अभाव, गुणस्तरीय अनुसन्धान प्रभावित
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ