बेलायतमा खोपको नयाँ रेकर्ड, २४ घन्टामा झन्डै पाँच लाख खोप वितरण
लन्डन । बेलायतमा कोरोनाभाइरसको प्रभाव अत्यधिक मात्रामा बढ्न थालेपछि सरकारले यसको नियन्त्रणको लागि विभिन्न प्रक्रियालाई प्राथमिकता दिँदै आएको छ । लन्डनलगायत विभिन्न क्षेत्रमा लकडाउन जस्तै कडा प्रतिबन्धसहितको टीयर प्रणाली लागू गरिएको छ । यससँगै पछिल्ला दिनहरुमा सरकारले कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिँदै आएको छ ।
शनिबार सार्वजनिक खोपको तथ्यांकले बेलायतमा खोप वितरणको नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घन्टामा बेलायतमा झन्डै पाँच लाख कोरोना विरुद्धको खोप वितरण गरिएको अधिकारीहरुले बताएका छन् । सरकारी तथ्याङ्क अनुसार २४ घन्टामा चार लाख ७८ हजार २४८ जनालाई कोरोनाविरुद्ध खोपको पहिलो डोज दिइएको छ, जुन बेलायतमा खोप वितरण कार्य शुरु भएयताकै सबैभन्दा धेरै हो । योसँगै बेलायतमा कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनेको संख्या ५८ लाख ६० हजार पुगेको छ ।
यसैगरी चार लाख ६८ हजार ६१७ जनाले कोरोना विरुद्धको दोस्रो तथा अन्तिम डोज लगाएको सरकारी तथ्यांकले देखाएको छ । बेलायतमा कोरोना संक्रमण दर र मृत्युदर बढेसंगै यहाँका अस्पतालमा बिरामीको चाप अत्यधिक रुपमा बढेको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले बताए अनुसार हाल अस्पताल भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी छ भने पहिलाको तुलनामा दोब्बर बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । यसैगरी कोरोना संक्रमणका कारण भेन्टिलेटर बेडमा उपचारार्थ बिरामीको संख्या चार हजार नाघेको छ, जुन महामारी यताकै नयाँ रेकर्ड भएको अधिकारीहरुले बताएका छन् ।
सरकारद्वारा सार्वजनिक तथ्यांक अनुसार हाल ४,०७६ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ । जबकी, गतवर्ष कोरोना महामारीको पिकमा पुग्दा ३,३०१ जना भेन्तिलेटर बेडमा राखिएको थियो । पछिल्लो २४ घन्टामा १,३४८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने थप ३३ हजार ५५२ जना नयाँ संक्रमित थपिएका थिए ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९७ हजार ३२९ पुगेको छ । सबैभन्दा बढी मृतक संख्याको आधारमा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायत पाँचौं स्थानमा छ ।यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि ३६ लाख नाघेको छ । गएको २४ घन्टामा ३३ हजार ५५२ नयां संक्रमित थपिएका छन् । नयां संक्रमितसंगै जम्मा संख्या ३६ लाख १७ हजार ४५९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण