साथीकी १२ वर्षीया छोरीमाथि बलात्कारको प्रयास गर्ने एक जना पक्राउ
आइतबार, ११ माघ २०७७, ११ : ३७
काठमाडौँ । पर्साबाट आफ्नै साथीकी १२ वर्षीया छोरीलाई बलात्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् ।
शनिबार बिहान वीरगञ्ज महानगरपालिका २ छपकैयाबाट बालिकामाथि जबरजस्ती करणीको प्रयास गर्ने ३६ वर्षीय भारतीय नागरिक नेहाल मिँयालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरका शुक्रबार राति १० बजे बालिकामाथि बलात्कारको प्रयास भएको हो । मिँया साथीको घरमा पाहुना गएका थिए । उनी साथीकी छोरीमाथि बलात्कारको प्रयास गर्ने क्रममा बालिका चिच्याएपछि भागेका थिए ।
पक्राउ परेका मिँया र पीडित बालिका भारतको चम्पारानका स्थानीय बासिन्दा हुन् । उनीहरु वीरगञ्जमा डेरा गरी बस्दै आएका थिए ।
मियाँलाई जर्बजस्ती करणीको उद्योगमा आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण