द कपिल शर्मा शो चाँडै बन्द हुने
सोनी टिभीमा प्रसारण हुने कमेडी शो ‘द कपिल शर्मा शो’ भारतमालगायत नेपालमा पनि चर्चित छ । मानिसहरुलाई कपिल शर्मा र उनको टिमको कमेडी असाध्यै मन पर्छ । पछिल्लो थुप्रै वर्षदेखि यो टिभी शोमार्फत् कपिल शर्मा सानो पर्दामा राज गरिरहेका छन् । थुप्रै पटक बन्द भएपछि पनि द कपिल शर्मा शोको चर्चा कम भएको छैन । यसैबीच यो कार्यक्रम पुनः बन्द हुन लागेको खबर छ ।
ताजा जानकारीका अनुसार द कपिल शर्मा शोले चाँडै नै दर्शकलाई बाईबाई भन्दै छ । इन्टरटेन्मेन्ट वेब पोर्टल टेलिचक्करको एक रिपोर्टलाई विश्वास गर्ने हो भने द कपिल शर्मा शो बन्द गर्ने योजनामा निर्माण पक्ष रहेको छ । केही समयपछि निर्माताले द कपिल शर्मा शोलाई नयाँ सिजनमार्फत् फिर्ता ल्याउने योजना बुनिरहेका छन् ।
नयाँ सिजनमा ‘द कपिल शर्मा शो’ एकदम नयाँ अन्दाजमा आउनेछ । यस्तोमा द कपिल शर्मा शोको कास्टमा पनि भारी फेरबदल हुने संकेत मिलेको छ । यो स्पष्ट भइसकेको छ कि कमेडी शो द कपिल शर्मा शो एउटा सानो ब्रेकपछि पुनः टिभीमा फिर्ता हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण