भारतीय र चिनियाँ सेनाबीच झडप
एजेन्सी । भारतीय र चिनियाँ सेनाबीच फेरि एकपटक झडप भएको छ । भारतको सिक्किमस्थित सीमा क्षेत्रमा ३ दिनअघि झडप भएको हो । झडपमा दुवै पक्षका सेना घाइते भएको जनाइएको छ । यद्यपि, भारतीय सेनाले भने २० चिनियाँ सैनिक घाइते भएको जनाएको दैनिक भाष्करले लेखेको छ । अहिले भने सो क्षेत्रमा स्थिति सामान्य रहेको बताइएको छ । यसअघि पनि बेला बेलामा दुई देशबीचका सैनिकहरुबीच झडप हुँदै आएको थियो ।
जून महिनाको मध्यतिर पूर्वी लद्दाखस्थित (गलवान उपत्यका) सीमानामा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता चीन र भारतबीचको सम्बन्ध तनावपूर्ण छ । बेला बेलामा सैनिक कमाण्डरहरुबीच वार्ता हुँदै आएपनि समस्या समाधान हुन सकेको छैन् । आइतबार पनि दुई देशका सैनिक कमाण्डरबीच सीमा क्षेत्रमा तनाव कम गर्ने विषयमा छलफल भएको थियो । अहिले झडप भएको क्षेत्रमा दुवै देशका सैनिकहरुको उपस्थिति बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण