मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय र चिनियाँ सेनाबीच झडप

सोमबार, १२ माघ २०७७, १३ : ४८
सोमबार, १२ माघ २०७७

एजेन्सी । भारतीय र चिनियाँ सेनाबीच फेरि एकपटक झडप भएको छ । भारतको सिक्किमस्थित सीमा क्षेत्रमा ३ दिनअघि झडप भएको हो । झडपमा दुवै पक्षका सेना घाइते भएको जनाइएको छ । यद्यपि, भारतीय सेनाले भने २० चिनियाँ सैनिक घाइते भएको जनाएको दैनिक भाष्करले लेखेको छ । अहिले भने सो क्षेत्रमा स्थिति सामान्य रहेको बताइएको छ । यसअघि पनि बेला बेलामा दुई देशबीचका सैनिकहरुबीच झडप हुँदै आएको थियो ।

जून महिनाको मध्यतिर पूर्वी लद्दाखस्थित (गलवान उपत्यका) सीमानामा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता चीन र भारतबीचको सम्बन्ध तनावपूर्ण छ । बेला बेलामा सैनिक कमाण्डरहरुबीच वार्ता हुँदै आएपनि समस्या समाधान हुन सकेको छैन् । आइतबार पनि दुई देशका सैनिक कमाण्डरबीच सीमा क्षेत्रमा तनाव कम गर्ने विषयमा छलफल भएको थियो । अहिले झडप भएको क्षेत्रमा दुवै देशका सैनिकहरुको उपस्थिति बढाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप