गर्भवती करीना कपुर खानको 'हट' योगा
सोमबार, १२ माघ २०७७, २१ : १८
मुम्बई । बलिउड अभिनेत्री करीना कपुर खान अहिले दोस्रो प्रेग्नेसीमा रमाइरहेकी छन् । हालै उनले एक हट फोटो सुट समेत गराएकी छन् । सुटका तस्बिरमा उनले प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ ।
सार्वजनिक केही तस्बिर मध्य पहिलोमा करीना पिंक स्पोर्ट ब्रा र ट्राउजरमा देखिएकी छन् । यसका साथ उनले सुहाउदो ज्याकेट समेत लगाएकी छन् ।

तस्बिरमा उनले आँखा बन्द गरेर जमिनमा बसेर योग गरेको समेत देख्न सकिन्छ । तस्बिरका साथ करीनले लेखेकी छन् ‘थोरै योग, थोरै शान्ती ।’ दोस्रो तस्बिरमा करीना कालो पहिरनमा देखिएकी छन् । यो पहिरनमा पनि उनले योगका केही फरक आसन गरेकी छन् ।
कामको कुरागर्ने हो भने करीनाले फिल्म ‘लाल सिंह चढ्डा’को सुटिङ सकेकी छन् । फिल्ममा आमिर खानको समेत मुख्य भुमिका रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण