भारतीय सेनाको हेलिकप्टर दुर्घटना
सोमबार, १२ माघ २०७७, २३ : ००
एजेन्सी । जम्मु कश्मीरमा सोमबार भारतीय सेनाको ध्रुव हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनामा परेर एक पाइलटको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हेलिकप्टर दुर्घटना परेलगत्तै गम्भीर घाइते भएका २ पाइलटलाई नजिकैको आर्मी अस्पतालमा भर्ना गरिएपनि एक जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ । कठुआका एसएसपी शैलेन्द्र मिश्राले हेलिकप्टरर दुर्घटनामा परेको पुष्टि गरेका छन् ।
त्यस्तै प्रहरीका डेपुटी कमिस्नर ओपी भगतले भने–‘इन्डियन आर्मीको ध्रुव हेलिकप्टर कठुआको लखनपुर इलाकामा साँझ ७ बजेर १५ मिनेटमा दुर्घटनामा परेको छ । दुर्घटनामा २ पाइलट गम्भीर घाइते भएका थिए । दुबै जनालाई अस्पताल पुर्याइएको थियो तर एकजनाको मृत्यु भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण