टिकटकसहित ५९ चिनियाँ एप्समाथि भारतमा स्थायी रुपमै प्रतिबन्ध !
सोमबार, १२ माघ २०७७, २३ : ३०
एजेन्सी । भारत सरकारले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि स्थायी रुपमै प्रतिबन्ध लगाएको छ । भारतले पछिल्लो साल जूनमा चिनियाँ एप्समाथि अस्थाई रुपमा प्रतिबन्ध लगाएको ७ महिनापछि स्थायी रुपमै प्रतिबन्ध गर्ने निर्णय गरेको सरकारी श्रोतलाई उदृत गर्दै दैनिक जागरणले लेखेको छ ।
सरकारले चिनियाँ कम्पनीमाथि कारणसहित जवाफ दिन नोटिस जारी गरेको थियो । तर कम्पनीहरुले दिएको जवाफमा सरकारले सन्तुष्टी जनाएको थिएन । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रौधोगिकी मन्त्रालयले एप्स सञ्चालन गर्ने ५९ वटा कम्पनीलाई नोटिस जारी गरेको थियो ।
स्मरणरहोस्, चीनसँगको सीमा विवाद चर्किएपछि भारत सरकारले एप्समाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउन सुरु गरेको थियो । भारतले चिनियाँ एप्समार्फत आफ्नो मुलुकको सम्प्रभूता र राष्ट्रिय अखण्डमाथि खतरा बढेको आरोप लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण