ओलीमाथि पौडेलको टिप्पणीः तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झै नै तम्सिने बताएका छन् ।
उनले सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडीमा सोमवार प्रवुद्ध नागरिकमाथि प्रहार गरे झै दमनमा उत्रने गरेको इतिहास रहेको उल्लेख गरे । वरिष्ठ नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसँग डटेर लड्नका लागि थप उर्जा प्रदान गर्ने बताए ।
उनले प्रतिगमन विरुद्धका सबै आन्दोलनमा आफ्नो साथ र सर्मथन रहने सामाजिक सञ्जालमार्फत प्रतिबद्धता जनाए । साथै लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा उनले आफै अघिल्लो मोर्चामा हुने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण