ओखलढुंगामा पनि ‘कोभिडशिल्ड’ खोप लगाउने तयारी
ओखलढुंगा । ओखलढुंगामा कोरोना भाईरस विरुद्धको ‘कोभिडशिल्ड’ खोप लगाउने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा जिल्लामा अग्रभागमा खटिने करिब १३ सय बढी कर्मचारीलाई ‘कोभिडशिल्ड’ खोप गाउने तयारी गरिएको हो । केहि समय अघिमात्रै भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप माघ १५ गतेबाट लगाउन सुरु गरिने जिल्ला स्वस्थ्य प्रमुख सुमन तिवारीले जानरकारी दिए । जिल्लाका दुई अस्पतालबाट शिविर सञ्चालन गरेर पहिलो चरणको खोप लगाउने तयारी गरिएको छ ।
आगामी माघ १५ गते बिहिबारबाट १७ गते शनिबारसम्म तीन दिन जिल्ला अस्पताल रुम्जाटारबाट खोप शिविर सञ्चालन हुने र माघ १६ र १७ गते ओखलढुंगा सामुदायिक अस्पताल सोब्रमा खोप शिविर सञ्चालन गरिने तयारी गरिएको छ । कोभिडको जोखिमका बिचमा समेत जिल्लामा अग्रभागमा रहर काम गरिरहेका १ हजार ३ सय ३६ जना, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र सुरक्षाकर्मी लगायतलाई खोप दिइनेछ ।
उनीहरुलाई जिल्लाका स्थानीय तहहरुले पनि सूचना जारी गरेर पायक पर्ने स्थानमा गई खोप सेवा लिन आग्रह गरेको छ । कोरोना विरुद्धको खोप गर्भवती महिला, स्थनपान गराइरहेका आमा तथा गर्भावस्थाको योजना बनाइरहेका महिलाले लागाउन पाउने छैनन् । उनीहरुलाई खोप लगाएपछि केही साइडईफेक्ट देखिन सक्ने भएकाले लगाउन नमिल्ने स्वास्थ्य प्रमुख तिवारीले बताए ।
मंगलबार आज प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको अध्यक्ष जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर खोप वितरणका विषयमा थप निकर्ष निकालिएको छ । बैठकले बुधबार भोलि खोप लगाउन खटिने ६ जना स्वास्थ्यकर्मीलाई आवश्यक परामर्श दिएर पर्सीबाट लगाउन सुरु गरिने निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण