भारतको ७२ औं गणतन्त्र दिवसः ३२ तस्बिरमा हेरौं
मङ्गलबार, १३ माघ २०७७, २३ : ४९
एजेन्सी । भारतमा ७२ औं गणतन्त्र दिवस भव्य रुपमा मनाइएको छ । कोरोना महामारीकै बीचमा मंगलबार नयाँ दिल्लीको राजपथमा सैनिक परेडसहित भव्य रुपमा ७२ औं गणतन्त्र दिवस मनाइएको हो । गणतन्त्र दिवस समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको उपस्थिति रहेको थियो ।
५५ वर्षपछि पहिलोपटक भारतीय गणतन्त्र दिवस प्रमुख अतिथिविहिन भएको छ । विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउने चलन भएपनि यो पटक गणतन्त्र दिवसमा प्रमुख अतिथि थिएनन् । सैनिक परेडमा भारतीय वायुसेनाले पहिलो पटक राफेल लडाकु विमानको प्रदर्शन गरेको थियो भने बंगलादेशको सैनिक टुकडीले पहिलो पटक भाग लिएको थियो । केन्द्र र विभिन्न राज्यबाट प्रदर्शन गरिएका झाँकीले कार्यक्रम भव्य देखिएको थियो ।






























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण