सुदूरपश्चिम प्रदेशका ९ मध्ये ८ जिल्लामा सुरु भयो खोप अभियान

कैलाली । सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि बुधबार खोप अभियान उद्घाटन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा कोभिड–१९ (कोरोनाभाइरस) विरुद्ध प्रथम चरणको खोप अभियान सुरु गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरी अभियान सुरु गरेका हुन् । अभियान अन्तर्गत पहिलो खोप सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले लगाए । नेपाल सरकारले छोटो समयमा खोप उपलब्ध गराएर आफूले पहिलो खोप लगाउने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरे ।
‘सुई हो, छालामा घोच्दा दुख्छ नै’ उनले भने, ‘क्षणिक दुखाई महसुस भए पनि कोभिड–१९ बाट बच्न खोप अनिवार्य भएकाले नडराइकन लगाउन म सबैमा अपिल गर्दछु ।’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन महेश भट्टले पनि बुधबार नै कोभिड १९ विरुद्धको खोप लगाए । ‘कोभिड १९ का कारण सधैँ असुरक्षित भइरहेको महसुस हुन्थ्यो’ उनले भने, ‘आज खोप लगाउने अवसर पाउँदा सुरक्षित महसुस भएको छ ।’
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सवारी चालक कृष्णबहादुर विष्टले पनि खोप लगाउने अवसर पाउँदा निकै खुशी लागेको बताए । उनले अब कोभिड–१९ बाट सुरक्षित भइने विश्वास जागेको टिप्पणी गरे । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ९ ठाउँबाट एकसाथ कोभिड–१९ विरुद्ध प्रथम चरणको खोप अभियान सुरु गर्ने भनिए पनि बाजुरा जिल्लामा भने खोप पुग्न ढिलाइ भएकाले बिहीबारबाट खोप अभियान मात्र सुरु हुने डा.गुणराज अवस्थीले जानकारी दिए ।
उनले प्रदेशमा ३६ हजार डोज खोप उपलब्ध भएको बताए । सुदूरपश्चिमका ९ वटै जिल्लामा सरकारी स्वास्थ्यकर्मी, निजी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइ कर्मचारी गरी १६ हजार ३ सय ३८ जनालाई खोप लगाइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
नागरिक उन्मुक्ति पार्टीले अझै टुंगो लगाउन सकेन मन्त्रीको नाम
-
४ वटा निजी विद्यालयमा वाणिज्य विभागको छापा
-
‘बिचौलियाको चलखेलका कारण सरकारले गभर्नर नियुक्त गर्न सकेन’
-
माया राई सहकारीमा हुँदा साढे २ करोड अपचलन, ३७ लाख ३५ हजार बिगो दाबीसहित मुद्दा दायर
-
निराश हुनुहुँदैन, निराशाले आत्महत्या गराउँछ : गृहमन्त्री लेखक