दाङमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु
दाङ । दाङमा कोरोना विरुद्धको पहिलो चरणको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा घोराही र तुलसीपुरमा गरि दुई स्थानमा खोप लगाउन सुरु गरिएको हो । पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन सुरु गरिएको छ ।
प्रधानमन्त्री केपी शर्माओलीले खोप अभियानको उद्घाटन गरेपछि जिल्लामा पनि यसको सुरुवात गरिएको हो । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिष्ठानका डिन, प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामिछाने, अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.सागर पन्थीलाई खोप लगाएर यसको सुरुवात गरिएको हो ।
पन्थीपछि अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन सुरु गरिएको थियो । त्यसक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.संगिता भण्डारीले जिल्लाको एकमात्रै कोरोना परीक्षण प्रयोगशालाका रुपमा प्रतिष्ठान चुनिएको र अहिले खोप केन्द्रका रुपमा पनि प्रतिष्ठान चुनिएकाले कोरोना रोकथामका लागि प्रतिष्ठान र यहाँको जनशक्तिले उल्लेख्य योगदान गरेको बताईन् ।
‘कोरोना महामारीका बेला यसको रोकथामका लागि अग्रपंक्तिमा रहेर प्रतिष्ठानको जनशक्तिले काम गर्यो,’ उनले भनिन्, ‘अहिले खोप लगाउनका लागि पनि प्रतिष्ठानले उत्तिकै महत्वपूर्ण जिम्मेवारी पाएको छ, र प्रतिष्ठान यसका लागि पूर्ण रुपमा तयार छ ।’ साथै उनले यो खोप मानव स्वास्थ्यका लागि हानिकारक नभएकाले कोहि आत्तिन नहुने समेत बताईन् ।
‘यसले मानव स्वास्थ्यमा कुनै खाले गम्भिर असर पार्दैन,’ उनले भनिन्, ‘फलतः कोरोनाविरुद्ध लड्ने यो खोपदेखि कोहि डराउनु या आत्तिनुपर्ने छैन ।’ दाङका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित प्रादेशिक अस्पतालबाट बुधबारदेखि खोप लगाउन सुरु गरिएको र शुक्रबारदेखि लमही अस्पतालबाट पनि खोप लगाउन सुरु गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार जिल्लाको पश्चिम क्षेत्रका लागि तुलसीपुरस्थित प्रादेशिक अस्पताल, घोराही क्षेत्रका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र देउखुरी क्षेत्रका लागि लमही अस्पतालमा खोप लगाइने छ ।
पश्चिम क्षेत्रका तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा, घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र लमही नगरपालिकासहित राप्ती, गढवा र राजपुर गाउँपालिकाका लागि लमही अस्पतालमा खोप लगाइने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
बुधवारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुलाई खोप लगाउन सुरु गरिएको छ । शुक्रबारदेखि विभिन्न पालिकाका स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाउन सुरु गरिनेछ ।
‘अहिले सुरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी, चिकित्सक तथा सरसफाईकर्मीहरुलाई खोप लगाउन सुरु भएको छ,’ प्रुमख जिल्ला अधिकारी आचार्यले भने, ‘शुक्रबारदेखि भने हरेक पालिकाका स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाउन सुरु गरिनेछ ।’ उनका अनुसार पहिलो चरणमा जिल्लामा तीन हजार जनालाई पुग्ने खोप आइपुगेको छ । अबका चरणमा आउने खोप सुरक्षाकर्मी लगायत सर्वसाधारणहरुको पहुँचमा पनि पुग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण