लोकन्थली–कोटेश्वर सडकमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु, मृतकको सनाखत भएन
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
शवको प्रारम्भिक अनुसन्धानमा सवारी साधनको ठक्करबाट मृत्यु भएको निष्कर्ष निकाल्दै प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ ।
मृतकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले मृतकको पहिचान हुन नसकेको जानकारी दिँदै उनले कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा आज बिहान सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हुनसक्ने उनको भनाइ छ ।
आज बिहान सडकमा लडिरहेको पुरुष देखेर प्रहरीले उपचारका लागि मध्यपुर अस्पताल पु¥याए पनि मृत्यु भइसकेको अस्पतालका चिकित्सकले जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोबीखोलामा हामफालेकी महिलाको शव शिक्षण अस्पतालमा, अझै खुलेन पहिचान
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण