गणेश नेपाली मृत्यु प्रकरण
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
शुक्रबार, २६ असार २०८३, १७ : ००
१
सारांश
- राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युपछि गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभामा जानकारी दिँदा रास्वपा सांसदहरूले आँसु झारेका छन् ।
- गृहमन्त्री गुरुङले घटनाबारे जानकारी दिँदा सुरुमा आँसु झार्दै बोल्न सकेका थिएनन् ।
- नेपालीको मृत्युको कारणबारे विस्तृत जानकारी दिने क्रममा सांसदहरू भावुक भएका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभा बैठकमा धारणा राखिरहँदा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूले आँसु झारेका छन् ।
मन्त्री गुरुङले बिहीबार राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएपछि त्यसको जानकारी प्रतिनिधि सभा बैठकमा दिइरहेका छन् ।
यसबारे जानकारी दिँदा पहिले गृहमन्त्री गुरुङ आफैँ पनि आँसु झारेर बोल्न सकेका थिएनन्।
त्यसपछि बोल्न सुरु गरेका गुरुङले घटनाबारे विस्तृत जानकारी दिँदा रास्वपा सांसदहरूले आँसु झारेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण