शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

बालेन सरकारका ४ अध्यादेश बने कानुन

शुक्रबार, २६ असार २०८३, १७ : ०६
शुक्रबार, २६ असार २०८३

सारांश

  • बालेन्द्र शाह नेतृत्वको सरकारले गत बैशाखमा जारी गरेका ४ अध्यादेश कानुन बनेका छन् ।
  • संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछि ४ अध्यादेश ऐनमा रूपान्तरित भएका हुन् ।
  • सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ्ग) निवारण (तेस्रो संशोधन) ऐन, २०८३, सहकारी (पहिलो संशोधन) ऐन, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८३ प्रमाणीकरण भएका हुन् ।

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले गत बैशाखमा जारी गरेका ४ अध्यादेश कानुन बनेका छन् । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछि बालेन सरकारले ल्याएका ४ अध्यादेश ऐनमा रूपान्तरित भएका हुन् ।

राष्ट्रपति पौडेलले ४ विधेयकलाई प्रमाणीकरण गरेको जानकारी सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको प्रतिनिधि सभामा गराए ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ४ विधेयक प्रमाणीकरण गरेको जानकारी राष्ट्रपति कार्यालयले संघीय संसद् सचिवालयलाई गराएको छ । 

गत बैशाखमा संघीय संसद्को अधिवेशन रोकेर सरकारले अध्यादेश ल्याएको थियो । ती अध्यादेशका प्रतिस्थापन विधेयक संघीय संसद्मा दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएका हुन् । सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ्ग) निवारण (तेस्रो संशोधन) ऐन, २०८३, सहकारी (पहिलो संशोधन) ऐन, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८३ प्रमाणीकरण भएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप