पूर्वाधार विकासले मुलुकको मुहार फेरियोः मन्त्री नेम्वाङ
एजेन्सी । सरकारले गरेको पूर्वाधार विकासको कामले मुलुकको मुहार फेरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताएका छन् । ओखलढुङ्गाको रामपुरमा आज आयोजित नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले वर्तमान सरकारको कामले मुलुकलाई गति दिएको दाबी गरेका हुन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएपछि शुरु भएका भौतिक विकासका कामलाई आफू मन्त्री भएपछि थप गतिकासाथ अघि बढाएको उनले बताए । वर्तमान सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण पूर्वाधार विकासका कामका बारेमा मन्त्री नेम्वाङले सो अवसरमा जानकारी गराएका थिए ।
वर्तमान सरकारले दैनिक तीन किलो मिटरभन्दा बढी बाटो स्तरोन्नती गर्दै मुलुकभर एक हजार ५४४ किलो मिटर सडक तीन वर्षमा निर्माण सम्पन्न गरेको उनले बताए । सरकारले गरेका ठूला भौतिक पूर्वाधारका कामले मुलुक समृद्धिको दिशामा अघि बढेको उनको बनाइ छ । “सडक, पुल, भवन मात्रै होइन पूर्वाधार विकासका समग्र काम द्रुतगतिमा अघि बढेका छन् । यिनै कामले आज मुलुकको मुहार फेरिन थालेको छ”, उनले भने ।
प्रदेश–१ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको चौतर्फी विकासको नेतृत्व आफूले गरिरहेको बताए । विगतमा सांसद मात्रै हुँदा आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भए पनि राज्यमन्त्री भएपछि समग्र जिल्लाको विकासमा लागि परेको उनले बताए । प्रदेश सरकारले भौतिक विकासका कामलाई प्राथमिकतामा राखेर प्रदेशका १४ वटै जिल्लामा काम गरिरहेको उनको भनाइ थियो ।
संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलले गाउँ र शहरको सम्बन्ध प्रगाढ बनाउन गाउँको उत्पादन शहरमा पुग्ने वातावरण बन्नुपर्ने बताए । “जबसम्म शहरको विस्कुटसँग गाउँको स्कुस साट्ने अवस्था आउँदैन तबसम्म जनताले सोचेको र चाहेको जस्तो समृद्धि आउँदैन”, ढुङ्गेलले दुर्गम गाउँको विकासले मात्रै मुलुकको समृद्धि देखाउने भएकाले तीनवटै तहका सरकार मिलेर विकासका काममा जुट्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण