इजलासमा रमण श्रेष्ठले मागे बहसका लागि ५ घण्टा समय
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमध्ये अहिले संवैधानिक इजलासमा नेकपा नेता देवप्रसाद गुरुङले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । बहसका पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र उनीबीच केहीबेर यही विषयमा गलफती चल्यो ।
बहसका लागि श्रेष्ठ आउनेबित्तिकै चालेन्द्रले १५ मिनेटमा बहस सक्न आग्रह गरे । तर श्रेष्ठले प्रतिवाद गर्दै आफूलाई १५ मिनेटले नपुग्ने बताए ।
त्यसपछि राणाले सोधे तपाईँलाई कति समय चाहिन्छ ?
जवाफमा श्रेष्ठले आफूलाई ‘५ घण्टा समय चहिने’ बताए । राणाले ५ घण्टा समय दिनै नसक्ने भन्दै असहमति जनाए । तर, श्रेष्ठले प्रतिवाद गर्दै भने, ‘मेरो पुरानो कुरा होइन । सबै नयाँ कुरा राख्छु । मलाई ५ घण्टा समय नै चाहिन्छ ।’
राणाले प्रतिवाद गर्दै फेरि भने, ‘तपाई विद्वानहरु ३ घण्टा, ३ वर्षसम्म पनि बहस गर्नुहुन्छ होला । यसरी मुद्दाको फैसला कसरी गर्न सकिन्छ ? यसमयको ख्याल गरिदिनुस् ।’
तर श्रेष्ठले अड्डी कसेपछि राणाले केही लचक बनेर भने, ‘त्यसो भए एक घण्टामा टुंग्याउनुस् ।’ श्रेष्ठले एक घण्टा होइन बहस गर्दै जान्छु ५ घण्टा पनि लाग्न सक्छ भन्दै अहिले बहस गरिरहेका छन् ।
इजलासमा अधिवक्ताहरुले लामो बहस गरेपनि समयमा कडाइ गरिँदै आएको छ । तर, वरिष्ठ अधिवक्ताहरुले लामो समय लिँदा मुद्दाको सुनुवाइ प्रक्रिया ढिलो भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपनि सो कदम असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्चमा १३ वटा रिट परेको छ । रिटको सुनुवाइ प्रक्रिया सुस्त हुँदा फैसलामा ढिलाइ हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
