बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

इजलासमा रमण श्रेष्ठले मागे बहसका लागि ५ घण्टा समय

प्रधानन्यायाधीशले समय दिन आनाकानी गरेपछि सवालजवाफ
शुक्रबार, १६ माघ २०७७, १३ : ०५
शुक्रबार, १६ माघ २०७७

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमध्ये अहिले संवैधानिक इजलासमा नेकपा नेता देवप्रसाद गुरुङले दायर  गरेको रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । बहसका पूर्व महान्यायाधीवक्ता  रमण श्रेष्ठले ५ घण्टा समय मागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र उनीबीच केहीबेर यही विषयमा गलफती चल्यो ।

बहसका लागि श्रेष्ठ आउनेबित्तिकै चालेन्द्रले १५ मिनेटमा बहस सक्न आग्रह गरे । तर श्रेष्ठले प्रतिवाद गर्दै आफूलाई १५ मिनेटले नपुग्ने बताए ।

त्यसपछि राणाले सोधे तपाईँलाई कति समय चाहिन्छ ?


जवाफमा श्रेष्ठले आफूलाई ‘५ घण्टा समय चहिने’ बताए । राणाले ५ घण्टा समय दिनै नसक्ने भन्दै असहमति जनाए । तर, श्रेष्ठले प्रतिवाद गर्दै भने, ‘मेरो पुरानो कुरा होइन । सबै नयाँ कुरा राख्छु । मलाई ५ घण्टा समय नै चाहिन्छ ।’

राणाले प्रतिवाद गर्दै फेरि भने, ‘तपाई विद्वानहरु ३ घण्टा, ३ वर्षसम्म पनि बहस गर्नुहुन्छ होला । यसरी मुद्दाको फैसला कसरी गर्न सकिन्छ ? यसमयको ख्याल गरिदिनुस् ।’

तर श्रेष्ठले अड्डी कसेपछि राणाले केही लचक बनेर भने, ‘त्यसो भए एक घण्टामा टुंग्याउनुस् ।’ श्रेष्ठले एक घण्टा होइन बहस गर्दै जान्छु ५ घण्टा पनि लाग्न सक्छ भन्दै अहिले बहस गरिरहेका छन् ।

इजलासमा अधिवक्ताहरुले लामो बहस गरेपनि समयमा कडाइ गरिँदै आएको छ । तर, वरिष्ठ अधिवक्ताहरुले लामो समय लिँदा मुद्दाको सुनुवाइ प्रक्रिया ढिलो भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपनि सो कदम असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्चमा १३ वटा रिट परेको छ । रिटको सुनुवाइ प्रक्रिया सुस्त हुँदा फैसलामा ढिलाइ हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप