‘बिहे पास’ मा दयाहाङ र प्रकृति
आइतबार, १८ माघ २०७७, ११ : ०२
काठमाडौं । सामाजिक विषयमा फिल्म ‘बिहे पास’ निर्माण हुने भएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहन फिल्म प्रवेश पौडेलले निर्देशन गर्न लागेका हुन् । प्रवेशले यस अगाडि ‘अमेरिका ब्वाइज’ नामक फिल्म निर्देशन गरेका थिए ।
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा हुन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने निर्देशक पौडेलले जानकारी दिए ।
आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको फिल्मको अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य जारी छ ।
सामाजिक कथामा कमेडी समेत मिसाइएको फिल्मको सुटिङ तराईका बिभिन्न भागमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, समेटिए असफल पुराना योजना (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण