रंगशाला निर्माणका लागि ‘स्टार क्रिकेट २०२१’ हुने
आइतबार, १८ माघ २०७७, १२ : २४
काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को पहलमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ ।
नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी कलाकार र दुई समूहमा बाँडिएर आयोजना हुने क्रिकेट खेलमा एक समूह धुर्मुस र अर्काे सुन्तलीले नेतृत्व गर्नेछन् ।
एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतको समेत सहभागिता रहने छ । २४ माघमा अयोजना हुने खेलबाट उठेको रकम रंगशाला निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक