बंगाली अभिनेता इन्द्रजीत देवको निधन
आइतबार, १८ माघ २०७७, १६ : २७
मुम्बई । बंगाली फिल्मका बरिष्ठ अभिनेता इन्द्रजीत देवको निधन भएको छ । ७३ वर्षीय देवको हृदयघातको कारण शनिबार निधन भएको हो । इन्द्रजीतमा मृगौलाको समस्या पनि रहेको थियो । यसको अलवा उनी अन्य केही गम्भिर रोगसँग पनि लड्दै आएका थिए ।
इन्द्रजितको शनिबार कोलकाताको गोलपार्कस्थित आफ्नै निवासमा निधन भएको बलिउड मिडियाले जनाएका छन् । गत वर्ष अभिनेताको श्रीमतीको पनि निधन भएको थियो । त्यसपछि उनी घरमा एक्लै रहँदै आएका थिए । उनको कुनै सन्तान भने छैनन् ।
इन्द्रजितले अभिनयको सुरुवात बंगाली सिरियल ‘तेरो परबोन’ बाट गरेका थिए । त्यसपछि उनले सिरियल र फिल्म थुप्रै अभिनय गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण