विप्लवका ५ कार्यकर्ता पक्राउ
सुर्खेत । रुकुम पश्चिमबाट नेत्रविक्रम चन्द विप्लव समूहका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२ बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा त्रिवेणी–९ प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाईलीलाई पक्राउ गरेको हो ।
बोहरा विप्लवको विद्यार्थी संगठन विद्यार्थी संगठनका जिल्ला अध्यक्ष समेत हुन् । उनीहरुले मुसिकोट नगरपालिका –१ को रावलबाडामा संगठन विस्तार गरिरहेको विशेष सूचनाका आधारमा आईतबार रुकुमपश्चिम प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गएको माघ १० गते त्रिवेणी गाउँपालिका–६ बिसौनीमा प्रेशर कुकर बम राखेको आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी धुर्वकुमार श्रेष्ठले जानकरी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामखुट्टे मार्ने एआई प्रविधियुक्त ‘माइक्रो ड्रोन’
-
मधेसमा कांग्रेस–एमाले–नेकपा गठबन्धन कायमै रहने
-
जहाँ पुलमुनि ठडिएका छन् दर्जनौँ आवासीय भवन
-
भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को भार
-
ट्विटरको डीएमदेखि विवाहसम्म: निक र प्रियंकाको पहिलो कुराकानीको स्क्रिनसट भाइरल
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण