कपिल दोस्रो बच्चाको बाबु बनेलगतै युजरले सोधे- यति हतार किन ?
मुम्बई । कमेडियन कपिल शर्मालाई पुत्र लाभ भएको छ । उनकी श्रीमती गिन्नी चतरथले सोमबार छोरालाई जन्म दिएकी हुन् । अहिले कपिल दोस्रो पटक बुबा बनेका हुन् । बुबा बनेको समाचार बाहिर आएपछि उनलाई फ्यानले बधाई दिइरहेका छन् । कपिल एक वर्ष अगाडि पनि बुबा बनेका थिए । यहि विषयलाई लिएर केहीले उनलाई ट्रोलको निसाना समेत बनाएका छन् ।
२०१९ डिसेम्बरमा उनकी श्रीमती गिन्नीले पहिलो सन्तानको रुपमा छोरी अनायराको जन्म दिएकी थिइन् । २०२१ को सुरुवातमै उनलाई दोस्रो सन्तान प्राप्त भएको छ । यहि विषयमा केही समाजिक प्रयोगकर्ता (युजर)ले कपिललाई ब्यङ्ग्य तथा ट्रोलको निसाना बनाएका छन् । ‘दोस्रो बच्चाका लागि किन नपर्खिएको ? एक युजरले उनलाई प्रश्न गरेका छन् ।
अर्काे एक युजरले लेखेका छन्, ‘किन हतार थियो ?’ त्यस्तै अर्काे एक जनाले लेखका छन् ‘बच्चाको जन्ममा अन्तर भएन । यो ठिक होइन ।’ त्यस्तै अर्काे एक युजरले स्पिड राम्रो समाएको भन्दै ब्यङ्ग्य गरेका छन् । उनले अगाडि थपेका छन्, ‘एकपछि अर्काे उत्पादन जारी छ ।’
एक युजरले कपिललाई शुभकामना सहितको ब्यङ्ग्य पोष्ट गरेका छन् । उनले लेखेका छन्–‘छिट्टै परिवार नियोजनको विज्ञापन ‘२ बच्चा ३ वर्षको अन्तराल’ मा सुटिङ गर्नुस् । कपिलले भने आफ्नो ट्वीटमा लेखेका छन्–‘नमस्कार, आज विहान भगवानको आशिर्वादको रुपमा एक छोरा प्राप्त भयो । ईश्वरको कृपाबाट बच्चा र आमा दुबैको स्वास्थ्य ठिक छ र ।’ कपिलले गिन्नीको यो पटकको प्रेग्नेन्सी निकै गोप्य राख्दै केही दिन अगाडि मात्र सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण