भारतले बढायो नेपाललाई दिने सहयोग, यो वर्ष कति पाउँछ ?
काठमाडौं । भारतले नेपाललाई दिने अनुदानको आकार बढाएको छ । सोमबार भारतको संघीय सरकारले घोषणा गरेको बजेटमा नेपाललाई अनुदान दिन ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ छुट्याएको हो । अहिलेका विनिमय दर अनुसार यो रकम १५ अर्ब ८७ करोड नेपाली रुपैयाँ बराबर हुन आउँछ ।
अघिल्लो वर्ष भारतले नेपाललाई अनुदान दिन ८ अर्ब ८० करोड भारतीय रुपैयाँ मात्रै छुट्याएकोे थियो । यो वर्ष अनुदान रकम करिब १२.७२ प्रतिशतले बढेको हो । त्यसो त सन् २०१९ मा नेपाललाई भारतले ११ अर्ब ९८ करोड रुपैयाँ सहयोग गरेको थियो । अहिले घोषणा गरिएको रकम त्यो भन्दा कम हो ।
भारतले भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, माल्म्भिस, म्यान्मार र मंगोलियालाई देश तोकेरै सहयोग गर्दै आएको छ । त्यसबाहेक अफ्रिकी, युरोएशियन, ल्याटिन अमेरिकी लगायत अन्य विकासशील राष्ट्रहरुलाई समेत भारतले सहयोग गर्दै आएको छ । यो वर्ष भुटानलाई सहयोग गर्न सबैभन्दा बढी २१ अर्ब २४ करोड भारु विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण