बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

२३ लाखमा वडाले खरिद गर्‍यो एम्बुलेन्स

सोमबार, १९ माघ २०७७, १७ : ०६
सोमबार, १९ माघ २०७७

सुर्खेत  । आफ्ना नागरिकहरुलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं.–३ ले एम्बुलेन्स सञ्चालनमा ल्याएको  छ।  
 सुर्खेत निर्वाचन क्षेत्र नम्बर – १ संसद विकास कोष र वडाको आर्थिक पहलमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो  । 

वडा अध्यक्ष रेशमबहादुर जिसीका अनुसार संसद विकास कोषको तर्फबाट  १३ लाख र वडाको १० लाख रकममा एम्बुलेन्स खरिद गरिएको हो  । 
एम्बुलेन्स मटेला स्वास्थ्य चौकिबाट सञ्चालन हुने छ ,’उनले भने । 

गाउँपालिकाभित्र मात्र नभएर अन्य छिमेकी पालिकाबाट समेत बिरामी बोक्न सहयोग पुग्ने जिसीले विश्वास गरे ।  गाउँपालिका भित्रको भाडा साढे पाँच हजार तोकिने पनि उनले बताए  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप