एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण
चितवन । चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार १० हजार ५२३ जनाको परीक्षण गरिएकामा उक्त सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये २१६ जना चितवन र बाँकी ५८ जना अन्य जिल्लाका रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ८७ जनामा डेङ्गु देखिएको उनले बताए ।
भरतपुर महानगरपालिकाका ५६ जना, खैरहनी नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकाका २१ जना, कालिका नगरपािलकाका ११ जना, माडी नगरपालिकाका तीन जना र इच्छाकामना गाउँपालिकाका तीन जनामा डेङ्गुको सङ्क्रमण देखियो ।
गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । १७ हजार ३५३ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको केसीले बताए । सो आर्थिक वर्षमा डेङ्गुका कारण एक जनाको मृत्यु भएको थियो ।
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गरेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्ने चिकित्सक बताउँछन । उक्त लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने केसीले जानकारी दिए ।
उक्त लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने उनको भनाइ छ ।
डेङ्गु लागेपछि आँखाको गेडी तथा टाउको, शरीर, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने तथा शरीरमा बिबिरा आउने रक्तस्राव हुने र उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखापर्ने जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ ।
वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने जस्ता लक्षण देखापर्छ । डेङ्गु ज्वरोबाट बच्नु लामखुट्टेको टोकाइबाट जोगिन पर्ने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामखुट्टे मार्ने एआई प्रविधियुक्त ‘माइक्रो ड्रोन’
-
मधेसमा कांग्रेस–एमाले–नेकपा गठबन्धन कायमै रहने
-
जहाँ पुलमुनि ठडिएका छन् दर्जनौँ आवासीय भवन
-
भोलिदेखि निजी अस्पतालमा उपचार थप महँगो, बिरामीमाथि ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को भार
-
ट्विटरको डीएमदेखि विवाहसम्म: निक र प्रियंकाको पहिलो कुराकानीको स्क्रिनसट भाइरल
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण