गजित र आरोहीले पोखे ‘वेदनाको भेल’
काठमाडौंँ । अभिनेता गजित विष्ट जे काम गर्दैछन् दिलबाटै गर्दछन् । त्यसले पनि उनले गरेको कामको चर्चा सधै हुने गरेको छ ।
यस्तैमा बिष्ट अभिनित नयाँ म्युजिक भिडियो ‘वेदनाको भेल’ पनि अहिले चर्चामा छ । गायक मनोजराज तथा गायिका सुजाता वर्माको स्वर रहेको यो गजल गीतको भिडियोमा गजित निकै आकर्षक गेटअफमा प्रस्तुत भएका छन् ।
हेम प्रभास अधिकारीको निर्देशन रहेको भिडियो अभिनयमा विष्टलाई अभिनेत्री आरोही शर्माले साथ दिएकी छन् । भिडियोमा गजित र आरोही राजा रानीको गटेअपमा देखिएका छन् ।
सन्तोष श्रेष्ठको संगीत रहेको ‘एक एक एघार’मा एल्बमा समावेश गजल डा.केशव शर्माले कोरेका हुन् ।
भिडियोमा गजित र आरोहीसंगै नारायण उप्रेती, अनु राई, मनिषा खड्का, विष्णु खड्का, सुवास पोखरेल, सितामैयाँ रचाल, डम्बर खड्काथोकी लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
नवराज उप्रेतीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोको कोरियोग्राफी गजितले भाई गम्भिर बिष्टसँगको सहकार्यमा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, समेटिए असफल पुराना योजना (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण