कर्णाली भौतिक र आर्थिकरुपले कमजोरः प्रदेश प्रमुख कलौनी
सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले अथाह सम्भावनको खानी भएपनि कर्णाली अझै पनि आर्थिक र भौतिक रुपले कमजोर रहेको बताएका छन् ।
कर्णाली प्रदेश सभाको दोस्रो बार्षिकोत्सवको शुभकामना आदान–प्रदान कार्यक्रममा बुधबार प्रमुख अथिति समेत रहेका कलौनीले यस्तो बताएका हुन् ।
विकासको सुचाङ्कमा पछि परेको कर्णालीको प्रमुख आधार भनेकै यहाँको प्राकृतिक स्रोत–साधन भएको कलौनीले बताए । उनले भने, ‘यहाँको जडीबुटी, जल लगायत भरिपूर्ण स्रोत साधनको सदुपयोग गर्न सके कर्णालीबासीलाई सुखारी कर्णाली बासीको रुपमा बदल्न सकिनेछ ।’
कर्णालीमा ५१ प्रतिशत गरिबी अझै रहेको भन्दै उनले यसमा सुधार जरुरी रहेको बताए ।
साथै प्रदेश प्रमुख कलौनीले विनियोजित बजेट कार्यान्वयन गर्नतर्फ ध्यान दिनुपर्ने सुझाव पनि दिए।
प्रदेश प्रमुख कलौनीले जनताको सोच बदल्न सके मात्र समृद्धिको नाराले सार्थकता पाउने सो क्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डलाई उसकै डिबक्सभित्र कैद गर्न सक्ने मेस्सीको अद्भुत शक्ति
-
लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरण आदेश
-
सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी नयाँ व्यवस्थालाई सरकारको स्वीकृति
-
मेस्सीका लागि अन्तिम नृत्य अझैँ बाँकी छ
-
१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति
-
विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी गर्दै मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण