बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सर्ट ड्रेसमा भाइरल भइन् मलाइका

बुधबार, २१ माघ २०७७, १७ : ३५
बुधबार, २१ माघ २०७७

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो ग्ल्यामरस अन्दाज र बोल्ड लुकका लागि चिनिन्छिन् । यसपटक उनको सर्ट ड्रेस लुक भाइरस भएको छ । यस तस्विरलाई फ्यानहरुले निकै मन पराएका छन् ।  मलाइका सोशल मिडियामा निकै सक्रिय रहन्छिन् । यी अभिनेत्री आफ्नो फिटनेशको निकै ख्याल गर्छिन् । पछिल्ला दिन उनले आफ्नो फिटनेस फोटोज र भिडियोहरु शेयर गरिरहेकी छिन् । यसपटक मलाइकाले एक हट फोटो सुटको तस्बिर साझा गरेकी छिन् । 

यो फोटोमा मलाइका सेतो सर्ट लगाएर सोफामा बसेको देखिन्छिन् । अभिनेत्रीले सेतो सर्टसँग म्याच हुने सेतो रंगको बुट्स लगाएकी छिन् । मलाइकाले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट तीनवटा फोटो साझा गरेकी छिन् ।  मलाइकाले आफ्नी बहिनी अमृता अरोडको जन्मदिनका अवसरमा खिचेका फोटो सार्वज्निक गरेकी हुन् ।

बहिनी अमृताले नै यी फोटो खिचेकी हुन् । दिदी मलाइका र नजिककी साथी करिना कपूरसँग अमृताले ३१ जनवरीमा आफ्नो ४३ औं जन्मदिनको खुसीयाली मनाएकी थिइन् । मलाइका अरोरा आफ्ना ब्वाईफ्रेन्ड अर्जुन कपूरसँगको सम्बन्धका कारण पनि चर्चामा रहन्छिन् । मलाइकाले २०१७ मा अरवाज खानसँग डिभोर्स गरेकी थिइन् ।  यो जोडीका एक छोरा अरहान खान १९ वर्षका भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप