प्रधानन्यायाधीशको ठट्टाः ‘भोलि हडताल छ,आउने व्यवस्था गर्नुपर्छ ?’
काठमाडौं । संवैधानिक इजलासमा बुधवार प्रधान न्यायाधीश चोलेशन्द्रशमशेर जबराले नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको हड्तालको चर्चा गरेका छन् । इजलास अन्त्य गर्नुअघि प्रधान न्यायाधीश जबराले कानुनविद्हरुलाई ठट्टा गर्दै सोधे– ‘भोलि हडताल रहेछ नि, के गर्ने आउन सक्नुहुन्छ ?’
जबरालाई जवाफ दिँदै महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले भने– ‘सरकारका संयन्त्र चलायमान छन्, के को बन्द ?’ चोलेन्द्रले सरकारी पक्षलाई समस्या नभएपनि रिट निवेदकका कानुन व्यवसायीलाई समस्या छ कि भनेर चासो राखेका छन् ।
निवेदकका तर्फबाट जवाफ दिने तयारीका लागि इजलासमा उपस्थित अधिवक्ता दिनमणि पोखरेल लगायतलाई जबराले सोधे– ‘हडतालका कारण समस्या हुन्छ भने हामीले सहजीकरण गर्नुपर्छ ?’ अधिवक्ता दिनमणि पोखरेल हाँसे । हडताल भएपनि संवैधानिक इजलासको काम कारवाही नरोकिने भएको छ । बिहिबार सरकारी पक्षबाट बरिष्ठतम् नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बहस जारी राख्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण