शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीको मात्र नभई अंतरिक्षको पनि सबैभन्दा धनी

अन्तरिक्षमा एलन मस्कको पृथ्वी सरह आफ्नै निजी साम्राज्य
बिहीबार, २२ माघ २०७७, १३ : ४१
बिहीबार, २२ माघ २०७७

सन २०२१ को प्रारम्भदेखि नै प्रत्येक दिन एलन मस्क कुनै न कुनै कारणले मीडियामा छाई  रहेका छन्। २०२१ को शुरुवातमै विश्व धनाढ्य जेफ़ बोजेसलाई धनी हुने 'रेस'मा पछाडि पार्दै एलन मस्क संसार कै सबैभन्दा धनी व्यक्ति बने।

धेरै वर्षसम्म संसारको सबैभन्दा धनी व्यक्ति हुने श्रेय पाएका बिल गेट्सलाई एलनको सफलताले कति  पीड़ा भयो होला यसको अनुमान सजिलै लाउन सकिन्छ।  बिल गेट्सले दशकौं लगाएर कमाएको सम्पतिको कुल मूल्य   १२० अर्ब डालरभन्दा धेरै बढी सम्पति एलनले सन २०२० को नौ महीने  अवधिमै कमाए।

सन २०२० को मार्चसम्म एलनको कुल सम्पतिको मूल्याङ्कन २४ अर्ब डालरको हाराहारीमा रहेकाे गरिएको थियो। यस सम्पतिले उनी विश्वका  शीर्षस्थ ५० अरबपति को लिस्टमा पनि थिएनन। तर उनले २०२० को बाँकी रहेको ९ महीनाको अवधिमा झण्डै १५८ अर्ब  डालरको सम्पति वृद्धि गरेर विश्व कै नम्बर एक बने। आज २०२१ को फेब्रुअरी ४ का दिन  दिउँसो १२ बजेको समयमा उनको कुल सम्पतिको मूल्याङ्कन १८४.८ अर्ब डालर रहेको छ।

एलनको पृथ्वीमा यो साम्राज्य स्थापित हुनमा इलेक्ट्रिक कार कम्पनी टेस्ला मोटरका अतिरिक्त विभिन्न सेक्टरमा जस्तै ऑटोमोटिव, एयरोस्पेस, टेलेकम्युनिकशन्स, एनर्जी, ट्रांसपोर्टेशन, इंफ्रास्ट्रक्चर /टनलिंग,आर्टिफिसियल इंटेलिजेंस, हेल्थकेयर का क्षेत्रमा रहेका उनका  कम्पनीहरुको  महत्वपूर्ण योगदान रहेको छ।

 एरोस्पेस क्षेत्रमा रहेको उनको  अग्रणी कम्पनी 'स्पेस एक्स' दिन प्रतिदिन नयाँ नयाँ कीर्तिमान स्थापित गर्दै गइरहेको छ। केही दिन अघि मात्रै 'स्पेस एक्स'ले एकै पटकमा एउटै रकेटबाट १४३ भू उपग्रह (स्याटेलाइट ) प्रक्षेपित गरेर नयाँ कीर्तिमान कायम गरेको थियो। ट्रान्सपोर्टेशन क्षेत्रमा उनको हाइपरलूप रेलले आउने समयमा यातायातको अवधारणा नै परिवर्तन गर्ने अनुमान गरिएको छ। हवाई जहाजभन्दा तीव्र गतिमा रेल गुड्ने परिकल्पना साकार हुन केही समयको प्रतीक्षा मात्रै बाँकी छ।

निसंदेह एलन मस्कलाई पृथ्वीमा निकट भविष्यमा कसैले चुनौती दिन सक्ने अवस्था छैन।  धन आर्जनको मामलामा अब उनी एक्लो धावक बनी कूदिरहने छन्। उनको यो दौड कति अर्ब डालरको संख्यामा पुग्छ अहिले यसबारे कुनै अनुमान गर्न सकिन्न।

के तपाईंलाई थाहा छ आजको मितिमा एलन पृथ्वीको मात्रै नभएर अन्तरिक्षमा पनि सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्।

जस्तो कि तपाईंलाई थाहाछ विभिन्न देशले विभिन्न प्रयोजनका लागि अन्तरिक्षमा  स्याटेलाइट पठाउने गर्छन्।  एलन मस्कको कम्पनीले पनि तीबं गतिको इन्टरनेट सेवा प्रदान गर्न 'स्टारलिंक मिसन' का तहत आफ्ना स्याटेलाइट पठाएको छ।

अंतरिक्षमा घूमिरहेका हज़ारो स्याटेलाइटमा आजका मितिमा एलन मस्कको कम्पनीका ९४६ स्याटेलाइट परिक्रमारत छन्।  अर्को साता एलनको 'स्पेस कम्पनी; स्पेस एक्स' ले ६० थप स्याटेलाइट पृथ्वीको कक्षामा स्थपित गर्न गइरहेको छ।  यस प्रक्षेपणपछि अन्तरिक्षमा एलनका स्याटेलाइट को संख्या १००० भन्दा बढी हुन पुग्छ। कुनै पनि एउटै देशका यति मात्रामा स्याटेलाइट परिक्रमारत छैनन्।

 The Union of Concerned Scientists (UCS) का अनुसार अहिले पृथ्वी ग्रहको अंतरिक्षमा झण्डै ६००० स्याटेलाइट परिक्रमारत   रहेका छन्। यी मध्ये झण्डै ६० प्रतिशत काम नलाग्ने भएर  'स्पेस जंक' का रूपमा पृथ्वीको परिक्रमा  गरिरहेका छन्। 'एक्टिभ स्याटेलाइट'को संख्या झण्डै २८०० रहेको छ। र,यी २८०० मध्ये एकैजना व्यक्तिका रकेट  १००० भन्दा बढी  संख्यामा हुन गइरहेका छन् ।

एलन मस्क अन्तरिक्षमा आफ्नो  अभियान 'स्टारलिंक १७' अन्तर्गत ४० हज़ार स्याटेलाइटको संजाल बनाउन चाहन्छन्। यो उनको महत्वाकांक्षी परियोजना 'स्पेस एक्स'को  अति विशिष्ट  भाग हो।  उनको यस परियोजनाले पृथ्वीको इन्टरनेटको स्पीडमा अहिलेको तुलनामा  हज़ारौं गुना वृद्धि हुन्छ।  'स्पेस एक्स' संग १२ हज़ार स्याटेलाइट स्थापित गर्ने अनुमति  पहिलादेखि नै रहेको छ। थप स्याटेलाइट प्रक्षेपण गर्न एलनले संयुक्त राष्ट्रस‌ंघको 'इंटरनेश्नल टेलीकम्युनिकेशन यूनियन'संग अनुमति लिनुपर्ने हुन्छ।

भन्न सकिन्छ आजको मितिमा एलन मस्क पृथ्वीको मात्रै नभएर  अंतरिक्षमा  पनि  सर्वाधिक धनी व्यक्ति हुन्।

Title Photo  : वी फोरम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप