उद्योग परिसंघले अब सबै मुलुकका लागि उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो ।
यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ । परिसंघले सधै स्वदेशी उत्पादनहरुको गुणस्तर वृद्धि गरी निर्यात प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । सरकारले परिसंघको योगदान, उद्योग र निर्यात क्षेत्रको योगदानलाई कदर गर्दै जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।
उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानीलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरी खर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड दिने परिसंघले जनाएको छ । सरकारको उक्त निर्णयले निर्यातमा आवद्ध सदस्यहरुलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएको छ । यसअघि परिसंघले तेस्रो मूलुकमा मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण