शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उद्योग परिसंघले अब सबै मुलुकका लागि उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

शुक्रबार, २३ माघ २०७७, १४ : ३१
शुक्रबार, २३ माघ २०७७

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो ।

यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ ।  परिसंघले सधै स्वदेशी उत्पादनहरुको गुणस्तर वृद्धि गरी निर्यात प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ ।  सरकारले परिसंघको योगदान, उद्योग र निर्यात क्षेत्रको योगदानलाई कदर गर्दै जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । 

उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानीलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरी खर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड दिने परिसंघले जनाएको छ ।  सरकारको उक्त निर्णयले निर्यातमा आवद्ध सदस्यहरुलाई अझ बढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएको छ । यसअघि परिसंघले तेस्रो मूलुकमा मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप