प्रधानमन्त्रीको प्रचण्डलाई प्रश्न– शाकाहारी आन्दोलनले हुँदैन भनेको चिकेन चिल्ली खान्छु भनेको हो ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले शाकाहारी आन्दोलनले हुँदैन भनि दिएको अभिव्यक्तिको विरोध गरेका छन् । केही अघि प्रच्ण्डले अब ननभेज आन्दोलनले नहुने भन्दै अभिव्यक्ति दिएकोमा ओलीले त्यसको जवाफ दिँदै शुक्रबारको जनसभामा भने, ‘शाकाहारी आन्दोलनले हुँदैन रे । शाकाहारीले हुँदैन भनेको चिकन चिल्ली खान्छु भनेको हो ?’ उनले प्रचण्डको नामै नलिइ उनले नरभक्षी आन्दोलन गर्न खोजेका आरोप लगाउँदै नरभक्षी अन्दोलनको दिन सकिएको बताए । उनले भने, ‘अब कसैले हिंसा मच्चाउन सक्दैन। नेपाल अशान्ति र हिंसाको भूमरीमा जान सक्दैन ।’
ओलीले हिजोको आम हड्तालका क्रममा ट्याक्सी जलाउने काम भएको भन्दै आक्रोश पोख्दै ट्याक्सी जल्नेलाई सरकारले क्षतिपूर्ति दिने बताए । ‘सरकारले क्षतिपूर्ति दिन्छ । बीमा होला बीमाले दिन्छ । बीमाले नगरेको खण्डमा सरकारले गर्छ’ उनले भने, ‘गरीबलाई हेर्ने र गरीबलाई माया गर्ने सरकार छ । शान्तिका लागि लड्ने सरकार छ ।’ उनले ट्याक्सी चालकलाई प्रचण्ड पक्षले जिउँदै जलाउने प्रयास गरेको आरोप समेत लगाए ।
यस्तै आजको जनसभालाई बिथोल्न प्रचण्ड–नेपाल पक्षले प्रयास गरेको पनि उनको दावी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
-
बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण