बेलायतमा २४ घण्टाभित्र एक हजार १४ को मृत्यु, १९ हजार बढी संक्रमित
लन्डन । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बेलायतमा पछिल्लो २४ घन्टामा थप १०१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ११ हजार २६४ पुगेको छ । मृतक संख्याका आधारमा बेलायत विश्वको पाँचौं स्थामा पर्दछ ।
यसैगरी शुक्रबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १९ हजार ११४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ११ हजार ५७३ पुगेको छ । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ । हाल बेलायतमा कोरोना संक्रमण दरको सूचक मानिने ‘आर” नम्बर ०।७ र १ को बीचमा रहेको छ ।
करिब एक करोड १० लाखले लगाए कोरोनाको खोप
शुक्रबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एक करोड ९ लाख भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड ९ लाख ७१ हजार ४७ जनाले खोपको पहिलो डोज लिएका छन् ।
जसमध्ये पाँच लाख पाँच हजार ९९३ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा ५० वर्ष माथिका सबैलाई आउँदो मेभित्रमा कोरोना विरुद्धको खोप दिईसक्ने बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि प्रथामिकताका आधारमा विभिन्न नौ वटा समूहमा विभाजन गरी खोप वितरण गरिने बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण