निराशाबाट यसरी बच्नुस् – ठक्कर खाएपनि हरेस नखानुस्
निराशा मानिसको दुखको सबैभन्दा ठूलो कारक हो । यसलाई कसरी चिर्ने ? भारतको राजस्थानस्थित योगाश्रय सेवायतन प्राकृतिक चिकित्सा तथा ध्यान योग केन्द्र जयपुरका संस्थापक योग गुरु वाईके शर्मा लेख्छन् –
निशारावादी व्यक्तिको जीवनमा असन्तोष नै रहन्छ । उसले केही काम गर्न सक्दिंन भनेर सोच्ने गर्छ । नदेखिएका संभावना र नकारात्मक कल्पनाहरुमार्फत उसले जीवनलाई थप दुःखी बनाउँछ ।
यसरी बाँच्नु भनेको मृतक समान हुनु हो । निराशाले जीवनको सुख–शान्ति नस्ट गरिदिन्छ । निराश व्यक्तिको जीवनमा उत्साह रहँदैन । त्यो निष्क्रिय हुन्छ ।
बेकारमा दुःखी भएर, आर्थिक कठिनाई, परीक्षा वा व्यापारमा असफलता, प्रेममा असफलता आदि कारणले मानिसमा निराशा बढ्न थाल्छ । दुःखी व्यक्तिले आफ्नो चारैतर्फ अँध्यारो मात्रै देख्छ ।
निराशाबाट बच्नका लागि व्यक्तिले आफ्नो मनमा आत्मविश्वास बनाइरहन जरुरी छ । सकारात्मक विचारले निराशा दुर हुनसक्छ । मन बलियो भयो भने निराशा तपाईमाथि हाबी हुनसक्दैन ।
निराशाकै कारण मन अस्थिर हुनसक्छ । व्यक्तिलाई हरेक कुरा नकारात्मक लाग्नसक्छ । आशा र आत्मविश्वासबाट निराशालाई टाढा गर्न सकिन्छ । तर, यसका लागि कर्म गरिरहनुपर्छ । धैर्यताका साथ यदि तपाईं कुनै काम गर्नुहुन्छ भने सफलता पक्कै मिल्नेछ । अवश्य सफल बन्नुहुनेछ ।
असफलता नै सफलताको सिंढी हो । असफलताका कारण होइन, हार मानेका कारण हामी असफल हुन्छौं । लडेपछि सम्हालिनु निकै जरुरी छ । ठक्कर खाएर पनि निराश हुन हुँदैन, धैर्यताका साथ सबै बाधा र समस्याहरुलाई टाढा गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बियालाई स्तब्ध पार्दै स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण