चीनमा कोभिड-१९ विरूद्धको दोस्रो खोपलाई अनुमति
एजेन्सी । चीनका औषधि उत्पादन तथा नियमनकारी निकायले कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि सशर्त अनुमति प्रदान गरेको छ । चिनियाँ सिनोभ्याक कम्पनीद्वारा विकसित उक्त कोरोनाभ्याक खोपलाई प्रयोगका लागि सशर्त अनुमोदन गरिएको कम्पनीले शनिबार जानकारी गराएको छ ।
यो खोप कोरोनाभाइरसको जोखिमको उच्च जोखिममा मुख्य समूहहरूमा पहिले नै प्रयोग गरिएको छ तर शनिबारको स्वीकृतिले आम जनतामा यसको प्रयोगको लागि मार्गप्रशस्त गरेको छ । शर्तमा क्लिनिकल परीक्षणहरू सामान्य मापदण्डहरू पूरा गर्न अझै बाँकी रहेपनि आपतकालीन अवस्थामा यसलाई सर्बसाधारणका लागि प्रयोग गर्नसमेत खुला गरिएको छ ।
“ब्राजिल र टर्कीलगायतका देशहरूमा खोपको स्वदेश तथा विदेशमा भएका बहुमुखी परीक्षणपछि यसलाई आम जनतालाई प्रयोग गर्नका लागि स्वीकृति मिलेको छ यद्यपि प्रभावकारिता र सुरक्षा नतीजाहरूबाट यस खोपबारे थप अध्ययन अघि बढ्नु आवश्यक रहनेछ,” सिनोभ्याकले एक विज्ञप्ति जारी गरी बताएको छ । चीनको अर्को एक औषधि कम्पनी सिनोफार्मले यस्तै सर्तमा खोप प्रयोगका लागि डिसेम्बरमा अनुमति पाएको थियो ।
“ब्राजिललगायतका मुलुकमा भएको क्लिनिकल परीक्षणले सङ्क्रमण रोक्नको लागि खोपको करीब ५० प्रतिशत प्रभावकारीता पुष्टि भएको छ भने र सङ्क्रमणपछि चिकित्सकीय उपचारमा ८० प्रतिशत प्रभावकारिता देखिएको छ ।”
परीक्षण नतिजाले खोपको सुरक्षा र सबै उमेर समूहका व्यक्तिमा सङ्क्रमण निर्मुलिकरणमा खोप प्रभावकारी भेटिएको दावी सिनोभ्याकका अधिकारीहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशका मन्त्रालयहरूमा धमाधम बजेट सिलिङ
-
आईपीएलमा दिल्लीमाथि कोलकाताको शानदार जित
-
उपनिर्वाचनमा एमालेको ‘क्लिन स्विप’
-
उपनिर्वाचनमा राप्रपाको बिजोग : दुई क्षेत्रमा जम्मा ६४६ मत
-
उपनिर्वाचन भएका दुवै क्षेत्रमा एकीकृत समाजवादीको जमानत जफत
-
‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’