पोखरामा ठगी गरेको आरोपमा एक युवक पक्राउ
पोखरा । पोखराबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले लाइसेन्स बनाइदिने भन्दै ठगी गरेको आरोपमा खगेन्द्र प्रसाद काफ्लेलाई पक्राउ गरेको हो ।
पोखरा महानगडरपालिका १४ चाउथेस्थित मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्रालीका सञ्चालक काफ्ले लाइसेन्स बनाइदिने भन्दै रकम ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।
काफ्लेले सेवाग्राहीलाई आफ्नो यातायात कार्यालयको कर्मचारीसँग चिनजान भएको बताउदै ट्रायल र टेष्टमा फेल भएपनि सजिलै लाइसेन्स निकालिदिने भन्दै विभिन्न ब्याक्तिबाट ८९ हजार ६ सय २० रुपैयाँ ठगी गरेको खुलेको प्रबक्ता हमालले बताए ।
प्रहरीले विभिन्न कागजपत्र, लाइसेन्स ३ थान, विभिन्न नमूना प्रश्नपत्र लगायतका सामाग्री समेत बरामद गरेको उनले बताए । पक्राउ परेका काफ्ले विरुद्ध ठगी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण