क्यान्सर जित्ने प्रेरणा बाढ्दै नेपाल मेडिसिटीमा “क्यान्सरसँगको लडाईँ” सार्वजनिक
ललितपुर । विश्व क्यान्सर सप्ताह २०२१को सन्दर्भमा नेपाल मेडिसिटी अस्पतालमा आइतबार प्रा.डा.मुरली रञ्जितद्वारा लिखित “क्यान्सरसँगको लडाईँ” पुस्तक विमोचन गरिएको छ ।
क्यान्सर भएको थाहा भएपश्चातका पछिल्ला पाँच वर्षमा भोगेका, देखेका, पढेका र सुनेका अनुभवका आधारमा प्रा.डा.रञ्जितले लेखेको पुस्तकलाई आज विमोचन गरिएको हो ।
पुस्तकलाई उपचारमा प्रमुख चिकित्सकका रुपमा संलग्न क्यान्सर विभाग प्रमुख डा. पंकज बर्मन र युरोलोजी विभाग प्रमुख डा. महेश बहादुर अधिकारी, केशव अमात्य फाउण्डेसनकी ट्रष्टी तारा अमात्य, अस्पतालका महाप्रबन्धक विजय रिमाल, मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
पुस्तकले क्यान्सर बिरामी र तिनका परिवारजनमा सकारात्मक भावना पैदा गराउन योगदान पु¥याउने अपेक्षा लेखक रञ्जितको छ ।
कार्यक्रममा क्यान्सरसँग लडिरहेका बिरामी, परिवार, स्वास्थ्यकर्मी र साहित्यिक एवम् सामाजिक क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
क्यान्सरको उपचारलाई आवश्यक चिकित्सक, उपकरण, र औषधिको उपलब्धता नेपालमा सम्भव रहेको विषयलाई आत्मसात् गर्दै सहज वातावरणमा उपचार गराउन आफु हरतरहले अग्रसर रहेको प्रतिक्रिया नेपाल मेडिसिटी अस्पतालका क्यान्सर विभाग प्रमुख डा. पंकज बर्मनले दिए ।
त्यस्तै, युरोलोजी विभाग प्रमुख वरिष्ठ युरोसर्जन डा. महेश बहादुर अधिकारीले औषधि मात्र नभई क्यान्सर रोगका बिरामीलाई हौसलाको पनि उत्तिकै खाँचो रहेको अनुभव साटे । हरेक समस्याका बिरामीका लागि आफू र आफ्नो टिम त्यस अनुकुलको वातावरण निर्माणमा सँधै लागि परेकोमा उनले जोड दिए ।
त्यस्तै, नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले अस्पतालमा यस प्रकारको जनचेतनामूलक कार्यक्रमको आयोजना गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले भविष्यमा पनि यस किसिमको कार्यक्रममा साथ र सहयोग प्रदान गर्न तयार रहेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण