सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट एक महिनायताकै कम मृत्यु

आइतबार, २५ माघ २०७७, २३ : १०
आइतबार, २५ माघ २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ३७३ जनाको मृत्यु भएको छ । यो संख्या पछिल्लो एक महिनायताकै सबैभन्दा कम हो । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १२ हजार ४६५ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी दिएको छ।

अघिल्लो दिन शनिबार ८२८ जना संक्रमितको मृत्यु भएकोमा आइतबार मृतक संख्या दोब्बरभन्दा कम भएको हो । तर, वीकेंडमा सार्वजनिक गरिने तथ्याँकमा वास्तविकताभन्दा कम रहने अधिकारीहरुले बताएका छन् । यसैगरी पछिल्लो तथ्याँकअनुसार २४ घन्टामाभित्र थप १५ हजार ८४५ जना नयाँ संक्रमित थपिएका छन् ।

नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ४५ हजार ६८० पुगेको छ । संक्रमित संख्यामा पनि अघिल्लो दिनको तुलनमा कमी आएको हो । बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।

बेलायतका अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्यामा कमी आएको स्वास्थ्य विभागको जनाएको छ । हाल यहाँका अस्पतालमा २९ हजार ३२६ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ५०५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

बेलायतमा १२ मिलियन बढीले लगाए खोप

आइतबार  सार्वजनिक तथ्याँकअनुसार बेलायतमा  १२ मिलियन भन्दा बढीले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड २० लाख १४ हजार २८८ जनाले खोपको पहिलो डोज लिएका छन् ।

जसमध्ये पाँच लाख ११ हजार ४४७ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । शनिबारमात्र एकै दिनमा पाँच लाख ५० हजारलाई खोपको पहिलो डोज दिइएको थियो । सरकारले यहि फेब्रुअरी १५ भित्रमा १५ मिलियन  मानिसहरुलाई कोरोना विरुद्धको पहिको डोज दिने लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप